image
image

नेरुडे लघुवित्तका सेयरधनीहरुलाई ५ आर्थिक वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाडौँ, २३, कार्तिक । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ५ आर्थिक वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । 

संस्थाले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०६६र६७, २०६७र६८, २०६८र६९, २०७०र७१ र २०७२र७३ को नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो । नगद लाभांश लिन आउँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिएर आउन पनि संस्थाले आग्रह गरेको छ । 

संस्थाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लाभांश लिन बाँकी सेयरधनीहरुलाई संस्थाको सेयर रजिस्ट्रार आरबीबी मर्चेन्ट बैंकिङको काठमाण्डौको टेकुस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । 

तोकिएको मितिभित्र नगद लाभांश लिन नआएको खण्डमा लगानी संरक्षण कोषमा जम्मा गरिने पनि संस्थाले स्पष्ट पारेको छ । लाभांश लिन बाँकी रहेको सेयरधनीहरुको विवरण संस्थाको वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।