image
image

गत वर्ष ३.३६ अर्ब अमेरिकी डलरको बिटक्वाइन जफत घटनाको रहस्य खुल्यो

काठमाडौँ, २३, कार्तिक । अमेरिकी न्याय विभागले गत वर्ष ३.३६ अर्ब अमेरिकी डलर (झन्डै ४ खर्ब ४४ अर्ब रुपैयाँ) को बिटक्वाइन जफत गरेको घटनाको रहस्य खुलेको छ । यी बिटक्वाइन एक कुख्यात डार्कनेट वेबसाइटबाट चोरी भएका थिए ।

एक ह्याकरको घरबाट ५० हजारभन्दा बढी बिटक्वाइनको यो भण्डार फेला परेको थियो । यसलाई भुइँमुनि बनाइएको लकरमा पपकर्नको बाकसभित्र विभिन्न यन्त्रमा लुकाएर राखिएको थियो ।

जेम्स जोङले सन् २०१२ मा अवैध ‘सिल्क रोड’ वेबसाइटबाट ह्याक गरेको स्वीकार गरेका छन् । अमेरिकी अधिकारीहरुले यो इतिहासमा दोस्रो ठूलो बिटक्वाइन बरामद भएको बताएका छन्। जोङको जर्जियाको घरमा प्रहरीले एक वर्षअघि छापा मारेको थियो । तर, अहिले यो घटना सार्वजनिक भएको हो । 

छापामारी त्यतिबेला भएको थियो जब बिटक्वाइनको मूल्य उच्चस्तरमा थियो । जफत गरिएका बिटक्वाइनको मूल्य अहिले करिब १.१ अर्ब डलर अर्थात करिब १ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।