image
image

बैंकहरुको निक्षेप संकलन बढ्न थालेपछि केन्द्रिय बैंकसँग लिने सापटी घट्न थाल्यो

काठमाडौँ, २३, कार्तिक ।  बैंकहरुको निक्षेप संकलन बढ्न थालेपछि उनीहरुले केन्द्रिय बैंकसँग लिने सापटी निरन्तर घट्न थालेको छ । दैनिक १ खर्ब रुपैयाँ माथिसम्म पुगेको यस्तो सापटी अहिले ७ अर्बको हाराहारीमा झरेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ।

केन्द्रिय बैंकको अनुसार कात्तिक २२ गते बैंकहरुले ७ अर्ब १९ करोड रुपैयाँ मात्रै स्थायी तरलता सुविधा लिएका छन् । गत एक साताको तथ्याँक हेर्दा पनि बैंकहरुले अधिकाँश दिन १० अर्बको हाराहारीमा मात्रै स्थायी तरलता सुविधा लिएका छन् ।

दैनिक सापटी घटेसँगै रुाष्ट्र बैंकलाई तिर्न बाँकी कुल सापटी रकम पनि घट्दै गएको छ । २ खर्ब  रुपैयाँभन्दा धेरैसम्म पुगेको यस्तो सापटी मंगलबारसम्ममा ८० अर्ब ६४ करोड रुपैयाँमा झरेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ ।

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको कात्तिक २२ गतेसम्ममा नेपाल राष्ट्र बैंकसँग २७ खर्ब बढी सापटी चलाएका छन् । वित्तीय संस्थाहरुले स्थायी तरलता सुविधा, ओभरनाइट रिपो, रिपो, आउटराइट पर्चेजलगायतका उपकरणहरुमार्फत उक्त सापटी लिएका हुन ।

नेपाल राष्ट्र बैंकको अनुसार कात्तिक २२ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल २४ खर्ब ६३ अर्ब रुपैयाँ सापटी स्थायी तरलता सुविधामार्फत लिएका छन् । यसैगरी ओभरनाइट रिपोमार्फत ६८ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।