image
image

पुरानो लाभांश लिन आउन युनाइटेड इन्स्योरेन्सद्धारा सेयरधनीहरुलाई आग्रह

काठमाडौँ, २४, कार्तिक ।  युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई बुझिलिन आग्रह गरेको हो । 

यो सूचना जारी भएको मितिले ३० दिनभित्र लाभांश बुझिलिन कम्पनीले आग्रह गरेको छ ।  लगानीकर्ताले लाभांश लिन कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेटमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालयमा आवश्यक कागजपत्रसहित सम्पर्क गर्न कम्पनीले सूचित गरेको छ । 

तोकिएको मितिभित्र लाभांश नलिएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।