image
image

फिल्म क्षेत्रबाट तीन महिनामा विदेशियो २३ करोड

काठमाडौँ, २४, कार्तिक ।  चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म फिल्म क्षेत्रबाट २३ करोड ४७ लाख रुपैयाँ विदेशिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ र असोज महिनाको विवरणमा उक्त तथ्य उल्लेख छ । जसमा उक्त रकम बराबरको सिफारिस मन्त्रालयबाट भएको छ । १२ करोड ३९ लाख ८२ हजार भारु र २ लाख ७६ हजार १५८ अमेरिकी डलर सिफारिस भएको छ ।

विदेशी फिल्म, छायांकन, सिनेमाघर र उपकरण ल्याउन उक्त रकम सिफारिस भएको हो । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमासिकमा २१ करोड ४२ लाख रुपैयाँ विदेशिएको थियो ।

साउन, भदौ र असोज महिनामा ४५ फिल्मको सेन्सर भएको छ । फिल्म दर्ताबाट ४ लाख ५ हजार रुपैयाँ राजस्व संकलन छ । आठवटा विज्ञापन चलचित्र सेन्सर हुँदा २४ हजार राजस्व प्राप्त भएको छ ।

२० वटा विदेशी फिल्म र डकुमेन्ट्रीले छायांकन अनुमति लिएबापत ३ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।