image
image

शेयर बजार राताम्मे, एक अर्ब ११ करोडको कारोबार

काठमाडौँ, २४, कार्तिक । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा साताको अन्तिम दिन आज पनि बजार घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.५२ अंकले घटेको हो । १.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९३.७० अंकमा ओर्लिएको हो । 

आज २२६ कम्पनीका ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४ सय ११ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज पनि सबै समूह राताम्मे भए । सबैभन्दा बढी निर्जीवन बीमा समूह ८८.५४ अंकले घटेको हो । 

समग्रमा बजार घटेको दिन सबैभन्दा बढी मन्दाकिनी हाइड्रोको शेयर मूल्य ३.९२ प्रतिशतले बढेको छ । आज २१ कम्पनीको शेयर मूल्य बढ्दा बाँकीको घटेको छ । अपर हेवाखोलाका लगानीकर्ताले सबैभन्दा बढी ६.९१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज शिवम् सिमन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड २२ लाख ३५ हजार ४ सय २८.८० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार ४३.२० अंकले बजार बढ्दा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रुपियाँ, सोमबार ६.४३ अंकले बजार घट्दा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३ सय ८४ रुपियाँ, मंगलबार २.५७ अंकले बजार घट्दा १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४ सय ६७ रुपियाँ र हिजो बुधबार ३९.१५ अंकले बजार घट्दा १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४ सय ३७ रुपियाँ बराबरको कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।