image
image

बैंक तथा वित्तीय संस्थाहरुले एकैदिन लिए १७ अर्ब ६९ करोड स्थायी तरलता सुविधा

काठमाडौँ, २५, कार्तिक ।बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट बिहीबार मात्रै १७ अर्ब ६९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले उक्त सुुविधा लिएका हुन् । कात्तिक महिनायता बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ७९ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ एसएलएफ सुुविधा लिएका हुन् । 

चालु आर्थिक वर्षको सुुरुआतदेखि हालसम्म सो सुुविधावावपत २५ खर्ब २ अर्ब २० करोड ६२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाल लिएको विभागले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो । 

जसको ब्याजदर ८.५० प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।