image
image

शेयर बजार दोहोरो अङ्कले घट्यो, साढे ७७ करोड रुपैयाँको कारोबार

काठमाडौँ, २७, कार्तिक । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच दिनका कारोबारमा बजार लगातार घटिरहेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको छ । होटल समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

आज दुई सय २५ वटा कम्पनीकाे २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नबिल ब्यालेन्स फन्ड–२ र निर्धन उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको शेयर झण्डै सात प्रतिशतले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।