image
image

क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङका संस्थापकको १६ बिलियन डलरको सम्पत्ति केहि दिनमा नै शून्यमा झर्यो

काठमाडौँ, २८, कार्तिक । क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङ लिमिटेडका संस्थापक स्याम ब्याकमेन फ्राइडको १६ बिलियन डलरको सम्पत्ति केहि दिनमा नै शून्यमा झरेको छ । कुनै व्यापारीको सम्पत्तिमा भएको यो इतिहासकै हालसम्मको ठुलो गिरावट हो । 

कुनै समय स्याम ब्याकमेनको नेटवर्थ २६ बिलियन डलर पुगेको थियो । एफटिएक्स विश्वको अर्को सबैभन्दा ठुलो एफिलिएटेड क्रिप्टो कारोबार गर्ने कम्पनी थियो ।

ब्लूमबर्ग बिलनेयर्स सूचकले हाल एफटिएक्सको अमेरिकी कारोबारको मूल्य शून्य देखाइरहेको छ । जनवरीमा फण्ड रेजिङ राउण्डमा यसको मूल्य ८ बिलियन डलर थियो  ।

३० वर्षका स्याम ब्याकमेनले कम्पनीका सीइओ पदबाट राजीनामा दिइसकेका छन् । उनको स्थानमा जोन जे रे ले सीईओ पद सम्हाल्नेछन् ।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।