image
image

चार महिनामा करिब २ अर्बको बैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ, २८, कार्तिक ।  चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब २ अर्ब रुपैयाँको बैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार कात्तिक २७ गतेसम्ममा १ अर्ब ८५ करोड रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ ।

यस अवधिमा सेवा क्षेत्रमा सबैभन्दा धेरै लगानीको प्रतिबद्धता आएको छ । चार महिनामा सेवा क्षेत्रमा १ अर्ब ४० करोड रुपैयाँ बैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

यस्तै टुरिजम क्षेत्रमा ३० करोड र उत्पादनमूलक क्षेत्रमा १० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सूचना तथा प्रविधि क्षेत्रमा ५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।

यस वर्ष सेवा क्षेत्रमा एक ठुलो परियोजनामा ९५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने दुई मध्यम खालका परियोजनामा २० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । अन्य क्षेत्रमा भने ठुला परियोजना छैनन् ।

चालु आर्थिक वर्षमा चीन, भारत, बंगलादेश र सिंगापुरबाट लगानीको प्रतिबद्धता आएको छ जसमा सिंगापुरबाट सबैभन्दा धेरै १ अर्ब २७ लाख रुपैयाँको बैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागको तथ्याँकले देखाउछ । 

गत आर्थिक वर्षको यसै अवधिमा ६ वटा क्षेत्रमा ११८ वटा परियोजनामा २६ अर्ब १६ करोड रुपैयाँको बैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा यस वर्ष लगानी प्रतिबद्धता निकै कम रहेको देखिन्छ ।

विगतका वर्षहरुमा पनि लगानी प्रतिबद्धता आए पनि त्यसको अनुपातमा प्रत्यक्ष बैदेशिक लगानी भने निकै कम भित्रिने गरेको छ । गत आर्थिक वर्षमा कुल ५५ अर्ब २७ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा १८ अर्ब ५६ करोड रुपैयाँ प्रत्यक्ष बैदेशिक लगनी भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।