image
image

नेप्से ५६.१० अंकले बढ्यो, १ अर्ब २९ करोडको कारोबार

काठमाडौँ, २८, कार्तिक । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। नेप्से परिसूचक ५६.१० अंकले बढेर १ हजार ९३०.९७ विन्दुमा उक्लिएको हो।

यस्तै 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०४ अंकले बढेर ३८२.१४ अंक कायम भएको छ। यस दिन कुल १८१ कम्पनीको मूल्य बढ्दा तीनवटा घट्यो भने दुईको स्थिर रहेको छ। 

कारोबार भएका मध्ये सबैभन्दा धेरै फाइनान्स समूहको ५.४ अंकले बढेको छ। यस्तै, व्यापार समूह ४.५६, जलविद्युत् ४.३७, विकास बैंक ३.९५ र लगानी समूह ४.१७ प्रतिशतले बढ्यो। 

यस दिन १ अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। सोमबार ६९ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। 

न्यादी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ। यस्तै, युर्निभर्सल पावर कम्पनीको ९, युनियन हाइड्रोपावरको ८.८२, माउण्टेन हाइड्रोको ८.७७ प्रतिशतले सेयरमूल्य बढेको छ। कारोबार रकमका आधारमा एनआइसी एसिया, नबिल बैंक, शिवम् सिमेन्ट, रिडी पावर, एभरेष्ट बैंक अगाडि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।