image
image

कुमारी बैंकको रु. ३ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौँ, २८, कार्तिक । कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

नेप्सेमा कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। 

कुमारी बैंकले गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म यो ऋणपत्र बिक्री गरेको थियो। कुल ३ अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिएको थियो। यो ऋणपत्रको बाँडफाँड भने गत असोज ७ गते गरिएको थियो। 

कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।