image
image

खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत,कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौँ, २८, कार्तिक । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर भोलि मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्।  

नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको २ लाख ६८ हजार कित्ता र सर्वसाधारणको १ लाख ३२ हजार कित्ता छन्।

खप्तड लघुवित्तलाई नेप्सेले केएलबीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि अधिकतममा ३०३.२१ रुपैयाँ तोकिएको छ।

खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। यो लघुवित्तको आईपीओ बाँडफाँड भने गत भदौ २० गते भएको थियो। 

यसैगरी नेप्सेमा सिक्लेस हाइड्रोपावरको १०० अंकित दरका कुल ८५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापकको ६५ लाख कित्ता, सर्वसाधारणको ११ लाख ५० हजार कित्ता र स्थानीयको ८ लाख ५० हजार कित्ता छन्।

नेप्सेले सिक्लेस हाइड्रोपावरलाई ‘एसआईकेएलईएस’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

यो कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड गत असोज ११ गरिएको थियो। 

भोलि स्पेसल प्रि–ओपन सेसनमा यी दुवै कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएको खण्डमा नियमित समयका लागि कारोबारमा आउनेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।