image
image

नेप्सेमा दोहोरो अंकको वृद्धि, करिब ९५ कारोडको कारोबार

काठमाडौँ, २८, कार्तिक । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से २१.२६ अंक (१.१३ प्रतिशत) ले वृद्धि भएर १९०४.४३ अंकमा बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनमा लगातार गिरावट भएको नेप्से छैटौं दिनमा भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा उत्पादनमुलक उपसूचक सर्वाधिक ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्से एक प्रतिशत माथिले वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब पुग्न सकेन । सोमबार बजारमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ९४ करोड ६० लाख ९० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९६ लाख ४३ हजारको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख ६ हजार र ङ्यादी ग्रुप पावरको ७ करोड ८३ लाख ४६ हजारको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार कारोबारमा आएकामध्ये तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले वृद्धि हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.३९ प्रतिशत र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ७.२९ प्रतिशतले वृद्धि भएको छ ।

लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य सर्वाधिक ६.५८ प्रतिशतले गिरावट हुँदा ङ्यादी ग्रुप पावरको सेयर मूल्य ५.२० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३.२० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।