image
image

डिम्याट खाता खोल्नेको संख्या साढे ५४ लाख पुग्यो

काठमाडौँ, २९, कार्तिक ।सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या पनि निरन्तर बढिरहेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सख्या ५४ लाख ५० हजार १० जना पुगेको छ । डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि निकै बढेको छ ।

सीडीएससीका अनुसार मेरो सेयरको संख्या ४५ लाख ४० हजार ६३५ पुगेको छ । सीडीएससीको विवरणअनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य वृद्धि भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा दिन तथा सेयरको अभिलेखीकरण गर्न निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या ८३ रहेको छ । सि–आस्वा सदस्य लिने बैंक तथा वित्तीय संस्थाको संख्या ५६ रहेको छ ।

सर्वसाधारणले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा आवेदन दिँदा डिम्याट खाता अनिवार्य चाहिने भएकाले डिम्याट, मेरो सेयर लिनेको संख्या बढेको सीडीएससीको भनाइ छ ।

पछिल्लो समय आइपीओमा मात्रै नभएर हकप्रद, ऋणपत्र, सामूहिक लगानी योजनामा पनि लगानीकर्ताको आकर्षण बढेको छ । जसले गर्दा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या बढेको छ । लगानीकर्ता प्रविधिमैत्री बन्दै जाँदा मेरो सेयर लिनेको संख्या पनि निकै बढेको छ ।

अनलाइन सेवाले लगानीकर्तालाई विस्तारै बजारको बारेमा चासो बढाउन, प्रविधिमैत्री बन्न प्रेरित गरेको, थोरै सयमा, छिटो छरितो रुपमा काम गर्न सकिने भएका कारण मेरो सेयर अहिले लगानीकर्ताको प्राथमिकतामा परेको जानकारहरुको भनाइ छ ।

अनलाइन प्रणालीले सेयर बजारलाई देशब्यावी बनाइरहेको छ । अनलाइन प्रणाली कै कारण उपत्यका मात्रै नभएर देशका दुर दराजमा रहेका लगानीकर्ता पनि सेयर बजारमा लगानीगर्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।