image
image

पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ, २९, कार्तिक । पिपुल्स हाइड्रोपावर लिमिटेडले आज कात्तिक २५ गते शुक्रबारदेखि निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो । आज कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन पाइने छ ।   

आयोजना प्रभावितहरुका लागि आईपीओ निष्काशन गर्दा बिक्री नभएको ८ लाख ६ हजार ३ सय ९० कित्तासमेत गरी ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ निष्काशन गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

उक्त ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि, २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ ५ लाख १५ हजार ७ सय ८८ जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ भने सोही जिल्लामै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन अनुमतिपत्र माग गरेको जनाएको छ ।  

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ्ङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।