image
image

विदेशी लगानीकर्ताले न्यूनतम २ करोड रुपैयाँ लगानी भित्र्याउनुपर्ने

काठमाडौँ, २९, कार्तिक । सरकारले विदेशी लगानीको न्यूनतम सीमा तोकेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोकेको छ ।

यसअघि सरकारले विदेशी लगानीका न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता ५ करोड रुपैयाँ तोकेको थियो । उक्त निर्णयलाई खारेज गर्दै अहिले सरकारले विदेशी लगानीको न्युनतम सीमा घटाएको छ ।

तर, नेपाल सरकार र गैर आवासीय नेपालीहरुले संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत् नेपालमा लगानी गर्न गैर आवासीय नेपाली (प्राकिृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने र यस्तो इन्भेष्टमेन्ट कम्पनीले इन्भेष्मेन्ट कम्पनीका सबै शर्तहरु पालना गर्नुपर्ने राजपत्रमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।