image
image

हिजो बढेको शेयर बजार आज साढे ६ अंक घट्यो, १ अर्बको कारोबार

काठमाडौँ, २९, कार्तिक । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। आज नेप्से ६.५९ अंक घटेर १८९७.८६ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ९४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२९ स्टकको २२ हजार ७७१ पटकको कारोबारमा १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको २७ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल टेलिकमको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस दिन सर्वाधिक ८.५६ प्रतिशत घटेको छ। त्यसैगरी, यसैदिनदेखि कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस दिन ८.४२ प्रतिशत घटेको छ।

मंगलबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ। यता उत्पादन तथा प्रशोधन, वित्त र विकास बैंक उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।