image
image

सान्जेन जलविद्युतको साधरण शेयर बाँडफाँड

काठमाडौँ, २९, कार्तिक । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड गरिएको छ । रसुवास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरिएको आईपीओ मंगलबार बाँडफाड गरिएको हो ।  

नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व र सन्राइज क्यापिटल लिमिटेडको एनएमबि क्यापिटलको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको थियो । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई खुला गरिएको थियो । उक्त आईपीओको लागि २८ हजार ६०८ जना आवेदकहरुबाट जम्मा ५६ लाख ७९ हजार ८७० कित्ताको लागि आवेदन परेको थियो । 

आयोजनाका अति प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.५ मा ९ लाख ४९ हजार २८० कित्ता शेयर बाँडफाँड गरिएको छ । त्यस्तै, प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.४ गोल्जुङ्गमा ३ लाख ७४ हजार ९२६ कित्ता, सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ मा ४ लाख ६ हजार ९५५ कित्ता शेयर र न्युन प्रभावित बाँकि सम्पूर्ण जिल्लाबासीहरुलाई १९ लाख १८ हजार ७०८ कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।