image
image

पिपुल्स हाइड्रोपावरको आईपीओमा १२ लाख बढीको आवेदन,१ करोड ४६ लाख कित्ता शेयर खरिदमाग

काठमाडौँ, २९, कार्तिक । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १२ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ४ः०४ बजेसम्ममा १२ लाख ३४ हजार ३१० जना आवेदकबाट एक अर्ब ४६ करोड २७ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख २७ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २.८३ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार शेयर वितरण गर्दा ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।