image
image

भारतले पेट्रोलको मूल्य फेरि बढाएर पठायो,प्रतिलिटरको कति ?

काठमाडौँ, ३०, कार्तिक । भारतले पेट्रोलको मूल्य फेरि बढाएर पठाएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ। आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै नेपालमा पठाउने पेट्रोलियम पदार्थको मूल्य पनि हेरफेर गर्ने गर्छ। 

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलको मूल्य भने घटेर आएको छ। जसअनुसार डिजेलमा भने प्रतिलिटर १.३० रुपैयाँ मूल्य घटेर आएको छ।

नयाँ मूल्यअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा हुनेछ। यसअघि निगमलाई प्रतिलिटर पेट्रोलमा १३.९२ रुपैयाँ नाफा थियो। जसअनुसार निगमलाई पाक्षित (१५ दिन)मा १८ करोड रुपैयाँ नाफा थियो। 

डिजेलमा यसअघि प्रतिलिटर १२.१३ रुपैयाँ घाटा व्यहोगर्दै आएको निगमले अब भने १०.८३ रुपैयाँ घाटा रहने निगमले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।