image
image

राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क ७५ प्रतिशतले घट्योे, कति कमायो नाफा ?

काठमाडौँ, १, मंसिर । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ११ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७५.३७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा संस्थानले ४ अर्ब ५३ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै संस्थानले लगानी कर्जा तथा अन्य आयबाट ९१ करोड १० लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब १ करोड ९५ लाख लगानी गरी ३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि १ करोड ९३ लाख रुपैयाँँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.३५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा संस्थानले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको संस्थानको जीवन बीमा कोषमा ४० अर्ब २४ लाख रुपैयाँ र जगेडा कोषमा ४३ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

बीमा ऐन २०७९ लागु भएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भएपछि संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनेछ । नयाँ बीमा ऐन अनुसार बीमा प्राधिकरण स्थापना भएको एक वर्ष भित्र संस्थान पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्ने संस्थानले तयारी गरिरहेको छ ।

हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ । संस्थान कम्पनीको रुपमा परिणत भएपछि न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।