image
image

उकालो यात्रालाई निरन्तरता दिदैँ २५.५७ अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौँ, १, मंसिर । साताको अन्तिम कारोबार दिन शेयर बजार बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२३ स्टकको २७ हजार २३१ पटकको कारोबारमा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सिक्लेस पावर कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३५ रुपैयाँ ३० पैसा बढेर ३८८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सयपत्री हाइड्रोपावरको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन २.९७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.१४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।