image
image

जापानले ४० वर्ष यताकै उच्च महँगीको सामना गर्दै

काठमाडौँ, २, मंसिर । राष्ट्रिय मुद्रा यन कमजोर बनेपछि आयातमा लागत बढेकाले जापानले ४० वर्ष यताकै उच्च महँगीको सामना गर्नु परेको छ । 

जापान महँगीको मारमा परेको रोयटर्सले जनाएको छ । आयातमा उच्च लागतका कारण जापानमा इन्धनदेखि खाद्यान्नको भाउ ह्वात्तै बढेको छ ।

मुख्य उपभोग्य सामग्रीका मूल्य सुचांकको राष्ट्रव्यापी तथ्यांक गत वर्षको भन्दा अक्टोबर महिनामा मात्रै ३.६ प्रतिशतले बढीले छ। बैंक अफ जापानले भने मुद्रास्फिती दरलाई २ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो।

जापानमा हाल वृद्धि भएको महँगी सन् १९८२ यताकै उच्च हो।

जापानी अर्थशास्त्री ताकेसी मिनामीले यो मूल्यवृद्धि तत्कालै घट्ने संकेत नदेखिएको बताएका छन्। ‘यो मूल्यवृद्धि तत्कालै घट्ने संकेत मैले देखेको छैन। डिसेम्बरमा यसले अझै उचाइ लिनेछ र नयाँ वर्षपछि मात्रै घट्ने संकेत देखा पर्न सक्छन्,’ उनले भनेका छन्।

बढ्दो महँगीका कारण जनजीवनलाई असर पु¥याए पनि बैंक अफ जापानले ब्याजदर बढाउने नीति अबलम्बन गर्नेछैन।

गभर्नर हारूहिको कोरोदाले अन्य विकसित राष्ट्रको तुलनामा जापानमा कोभिडकाल पछिको अर्थतन्त्र सम्हालिने चरणमै रहेकाले यो स्थिति देखा परेको बताएका छन्। यो महँगी धेरै समय नरहने उनको दाबी छ।

मार्चसम्म मुद्रास्फिती ३ प्रतिशत रहने र त्यसपछि घट्ने उनले बताएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।