image
image

साताको अन्तिम दिन सुनको मूल्य सामान्य वृद्धि, चाँदीको मूल्य भने घट्यो

काठमाडौँ, २, मंसिर । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९८ हजार १०० रुपैंया कायम भएको छ । हिजो मंसिर १ गते सुनको मूल्य ९८ हजार रुपैंया रहेको थियो ।

यस्तै, तेजावीको सुनको मूल्य आज ९७ हजार ६०० रुपैंया कायम भएको छ ।

सुनको मूल्य बढेपनि शुक्रबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको मूल्य तोला ५ रुपैंयाले घटेर प्रतितोला १ हजार २८० रुपैंयामा किनबेच भएको छ । हिजो चाँदीको मूल्य तोलाको १ हजार २८५ रुपैंया रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।