image
image

एनसीसी बैंकले कर्मचारीलाई दियो १ अर्ब १९ करोड कर्जा

काठमाडौँ, २, मंसिर ।  गत वर्ष एनसीसी बैंकले आफ्ना कर्मचारीलाई दिने कर्जा तथा सापटी रकम बढाएको छ ।

अघिल्लो वर्षको तु्लनामा गत वर्ष बैंकले कर्मचारीलाई दिने कर्जा तथा सापटी रकम बढाएको हो । एनसीसी बैंकले असार मसान्तसम्म आफ्ना कर्मचारीलाई १ अर्ब १९ करोड ३ लाख ३१ हजार १४४ रुपैयाँ कर्जा दिएको छ ।

२०७८ असार मसान्तसम्म १ अर्ब ८ करोड ३ लाख ७५ हजार २०८ रुपैयाँ कर्जा दिएको थियो । एक वर्षको अवधिमा बैैंकले आफ्ना कर्मचारीलाई दिने यस्तो कर्जा सुविधा १०.१७ प्रतिशते बढेको छ ।

बैंकले २०७९ असार मसान्तसम्म १ खर्ब २४ अर्ब ६४ करोड ९९ लाख ६५ हजार ६६ रुपैयाँ कर्जा दिएको थियो । यस्तो कर्जा २०७८ असार मसान्तसम्म ९७ अर्ब ६३ करोड ८९ लाख ९३ हजार ९८६ रुपैयाँ कर्जा तथा सापटी दिएको थियो । बैंकले सबैलाई दिने कर्जा पनि बढेको छ ।

बैंकले कर्मचारीलाई दिएको कर्जा तथा सापटीबाट ३ करोड ३२ लाख ६४ हजार ६६० रुपैयाँ ब्याज आम्दानी गरेको छ । २०७९ असार मसान्तसम्म बैंकले कर्मचारीलाई दिएको कर्जा तथा सापटीबाट ३ करोड ३२ लाख ६४ हजार ६६० रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

२०७८ असार मसान्तमा २४ करोड ५३ लाख २६ हजार ३८७ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यो अवधिमा कर्मचारीबाट हुने ब्याज आम्दानी ८६.४४ प्रतिशतले घटेको छ । हाल बैंकमा १६०५ जना कर्मचारी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।