image
image

एकै दिन बढ्यो बैंकिङ प्रणालीमा १६ अर्ब निक्षेप

काठमाडौँ, २, मंसिर ।  एकै दिन बैंक तथा वित्तीय संस्थामा निक्षेप १६ अर्बले बढेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । एकै दिन निक्षेप १६ अर्बले बढेर ३० गते ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै वाणिज्य बैंकहरुको मात्रै निक्षेप १३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । जुन २९ गतेसम्म ४५ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो ।

अन्य बैंक तथा वित्तीय संस्थाको पनि निक्षेप ३ अर्ब रुपैयाँले बढेर ६ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । २९ गतेसम्म ६ खर्ब २० अर्ब रुपैयाँ रहेको छ ।

यो अवधिमा प्रणालीमा निक्षेप थपिनेमात्रै नभएर कर्जा विस्तार पनि केही बढेको छ । निक्षेपको तुलनामा भने कर्जा प्रवाह केही कम रहेको छ । २९ गतेसम्म ४७ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेकामा ३० गते १ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २९ गतेसम्म ८७.०९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपत (सीडी रेसियो) ३० गते घटेर ८६.८५ प्रतिशत रहेको छ । एकै दिनमा सीडी रेसियो पनि घटेको छ ।

यता बैंकको अन्तर बैंक ८.४६ प्रतिशतबाट बढेर ८.५० प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।