image
image

गत वर्षको तुलनामा यस वर्ष दूध र मासुको उत्पादकत्व बढ्यो

काठमाडौँ, २, मंसिर । गत वर्षको तुलनामा यस वर्ष गाईभैंसीको दूध र खसीबोका मासुको उत्पादकत्व बृद्धि आएको छ । 


चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिमा भन्दा गाईको दूध उत्पादकत्व २१.५ प्रतिशत र भैंसीको दूध उत्पादकत्व ८.८ प्रतिशत बढेको हो । त्यस्तै मासुको उत्पादकत्व ३८.९७ प्रतिशतले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका अनुसार गत वर्षको तीन महिना र चालु आर्थिक वर्षको तीन महिनाको तुलना गर्दा दुग्ध पदार्थ र मासुको उत्पादकत्व बढेको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयको अनुसार भैंसीभन्दा गाईको दूध उत्पादन बढी हुन्छ । मन्त्रालयले मझौला तथा ठूला व्यवसायीमा गरेको सर्वेक्षण अनुसार सन्दर्भ अवधि (१० वर्ष) को एक हप्ताभित्र ८ लाख ८१ हजार ५ सय ५९ लिटर गाईको दूध बिक्री हुने गरेकोमा भैंसीको दूध ४ लाख ९६ हजार ४ सय ६६ लिटर बिक्री भएको छ । मन्त्रालयका अनुसार तीन महिनाको अवधिमा चीज र घीउ समेत निर्यात भएको छ । १६ हजार १ सय ९४ केजी चिज र १६.७ केजी घिउ निर्यात भएको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।