image
image

५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्दै निफ्र

काठमाडौँ, ५, मंसिर ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले निफ्रालाई ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५–८६’ नामक ऋणपत्र निष्कासन अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने छ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। 

यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। 

निफ्राको यो ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।