image
image

आज तरकारी र फलफूलको मूल्य कति?

काठमाडौँ, ५, मंसिर ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार ३ रुपैयाँ देखी ७० रुपैयाँले बढेको छ। कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर ३ रुपैयाँले बढेर २९३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा, लोकल काँक्रो ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ।

अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु गएको साता भन्दा ५ रुपैयाँ बढेर ६२ रुपैयाँ ५० पैसा कायम रहेका छ भने रातो भारतीय आलु ३ रुपैयाँले घटेर ३३ रुपैयाँ रहेको र सेतो आलु २ रुपैयाँले घटेको प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा कायम छ। भिण्डी ३५ रुपैले बढेर ११० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।

यस्तै,  स्थानीय काउली १० रुपैयाँले घटेर ४५ रुपैयाँ, कागती १० रुपैयाँले बढेर १२० रुपैयाँमा किनबेच भइरहेको, २२५ रुपैयाँमा भइरहेको किवी ८ रुपैयाँले बढेर २३३ रुपैयाँ ३३ पैसा र अकबरे खुर्सानी १३ रुपैयाँले बढेर १६३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ।

लोकल गाँजरको औसत मूल्य प्रतिकेजी १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा घटेर ३१ रुपैयाँ, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७ पैसा, घिरौँला ६६ रुपैयाँ, चमसूरको साग ११७० रुपैयाँ, कन्य च्याउ ४० रुपैयाँले घटेर ९२ रुपैयाँमा किनबेच भइरहेको छ।

डल्ले च्याउको भाउ घटेको छ। डल्ले च्याउ ३५ रुपैयाँले घटेर ३२४ रुपैयाँ कायम रहेको, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७० रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ ८० पैसा र हरियो धनियाँ ७० रुपैयाँले बढेर १८३ रुपैयाँ कायम रहेको छ। अन्य फलफूल तथा तरकारीमा सामान्य घटबढ भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।