image
image

१९ जीवन बिमा कम्पनीले उठाए ३६ अर्ब बिमा शुल्क, कुनको कति?

काठमाडौँ, ५, मंसिर । नेपालमा कारोबार गरिरहेका १९ जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। यसमध्ये पहिलो पटक बिमा गर्नेहरूले ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेका हुन् भने २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नवीकरण शुल्क उठाएको बिमा प्राधिकरणले जानकारी दिएको छ। 

असोज मासान्तसम्ममा जीवन बिमा कम्पनीमा एक करोड ३८ लाख ८३ हजार २५६ वटा बिमालेख सक्रिय छन्। प्रथम त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। 

सूचीको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)रहेको छ। एलआईसी भारतको ज्वाइन्ट भेन्चर रहेको यो कम्पनीले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको बिमा प्राधिकरणले जनाएको छ।

नेशनल लाइफ इन्स्योरेन्स ४ अर्ब ३८ करोड ४ लाख, राष्ट्रिय बिमा संस्थान १ अर्ब ११ करोड ६७ लाख, मेट लाइफ इन्स्योरेन्स १ अर्ब ३१ करोड १ लाख, एसियन लाइफ १ अर्ब ७४ करोड ३४ लाख, सुर्या लाइफ इन्स्योरेन्सले १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। 

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सले एक अर्ब १६ करोड १४ लाख, युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९१ करोड ४२ लाख, सन् नेपाल लाइफले  १ अर्ब ८१ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। 

८ कम्पनीले तीन महिने अवधिमा एक अर्ब बिमा शुल्क संकलन गर्न सकेनन्। गुँरास लाइफ इन्स्योरेन्स ७५ करोड ७ लाख, आइएमई लाइफ इन्स्योरेन्स ८७ करोड १४ लाख, ज्योति लाइफ इन्स्योरेन्स ९५ करोड १८ लाख, रिलायन्स लाइफ इन्स्योरेन्स ७८ करोड ८० लाख, रिलायन्स नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८९ करोड ३१ लाख र सानिमा लाइफ इन्स्योरेन्स ५८ करोड २५ लाख र प्रभु लाइफ इन्स्योरेन्सले ५३ करोड ७२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। पछिल्लो समय जीवन बिमा कम्पनीका रुपमा कारोबार सुरु गर्न अनुमति पाएका युनियन लाइफ र सन् नेपाल लाइफले मात्र अर्ब शुल्क संकलन गरेका छन्। केही वर्षअघि मात्र तत्कालीन बिमा समितिले यी कम्पनीलाई कारोबार अनुमति दिएको थियो। 

सबैभन्दा कम बिमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छ। कम्पनीले पहिलो त्रैमासमा ४० करोड ५२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको बिमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।