मंगलबार पनि सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने वृद्धि
काठमाडौँ, ६, मंसिर । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार २०० रुपैयाँ र तेजाबी मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको मूल्यतोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।









