image
image

एक सातामै प्रणालीमा थपियो करिब १७ अर्ब निक्षेप

काठमाडौँ, ६, मंसिर । बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । कात्तिक अन्तिम साता प्रणालीमा निक्षेप थपिदाँ कर्जा प्रवाह भने न्यून देखिएको छ ।

बैंकर्स संघका अनुसार कात्तिक अन्तिम साता प्रणालीमा निक्षेप १६ अर्ब ९६ करोड रुपैयाँले बढेको छ भने कर्जा प्रवाह ३६ करोड रुपैयाँले घटेको छ ।

संघका अनुसार कात्तिक ३० गतेसम्म निक्षेप संकलन १६ अर्ब ९६ करोड रुपैयाँले बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । कात्तिक २५ गतेसम्म ४५ खर्ब ४६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

यस्तै कर्जा प्रवाह ४२ खर्ब २१ अर्ब ९३ करोड रुपैयाँबाट घटेर ४२ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । कात्तिक ३० गतेसम्म कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो ८७.१९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।