image
image

चुनावपछि खुलेको शेयर बजार सुस्त, कारोबार रकममा पनि गिरावट

काठमाडौँ, ६, मंसिर । चुनावपछि खुलेको शेयर बजार आज (मंगलबार) सुस्त देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से सूचकका साथै कारोबार रकम पनि घटेको छ।

यस दिन नेप्से सूचक ७.१३ अंकले घटेर १९२९.७१ विन्दुमा झरेको छ भने ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर अर्थात १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको शेयर कारोबार भएको छ।

चुनावपछि बजार बढ्ने आँकलन गरिए पनि पहिलो दिन भने बजारले खासै गति लिन सकेन। यस दिन सुरुवातमा बजार केहि सकारात्मक देखिए पनि त्यो बृद्धि टिकाउ हुन सकेन।

यस दिन जेविल्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले बढेको छ।

यता युनिलिभर नेपालको सबैभन्दा धेरै ५.५८ प्रतिशत घटेको छ भने सिक्लेश हाइड्रोपावरको ४.४८ प्रतिशत, दोर्दी हाइड्रोपावरको ४.४४ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशतले घटेको छ।

यता नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ८ करोड ६७ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ५९ लाख र शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।