image
image

पिपुल्स हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने, ५ लाख १५ हजार बढीले पाउने शेयर

काठमाडौँ, ७, मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलका अनुसार कम्पनीको शेयर बुधबार साँझ ४ बजे बाँडफाँट हुने भएको हो ।

कात्तिक २५ गतेदेखि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलका अनुसार कम्पनीको शेयर बुधबार साँझ ४ बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीको कात्तिक २५ गतेदेखि निष्काशन गरेको आईपीओमा १२ लाख ६८ हजार २१७ जना आवेदकबाट एक अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार २५० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २.९३ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार शेयर वितरण गर्दा कुल आवेदक मध्ये ४०.६६ प्रतिशत अर्थात ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।