लगातार ओरालो लाग्दै शेयर बजार, कारोबार पनि घट्यो
काठमाडौँ, ७, मंसिर । शेयर बजारमापक नेप्से परिसूचक आज पनि घटेको छ । मंगलबार ७.१३ अङ्कले ओरालो लागेको नेप्से परिसूचक आज पनि ७.७२ अंकले घट्दै १९२१.९९ को विन्दुमा रोकिएको हो ।
आज कूल २२३ कम्पनीको २८ लाख ३९ हजार कित्ता शेयर एक अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ बराबरको कारोबार भयो ।
आज कारोबारका आधारमा आज पनि नेपाल बैंक लिमिटेड नै शीर्षस्थानमा छ । सो कम्पनीको १२ करोड ७७ लाख बराबरको कारोबार भयो ।
त्यस्तै, हिमालयन डिस्टिलरी ११ करोड ९ लाख, सिभिल बैंक ६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष तीनभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार नेप्से परिसूचक घटे पनि सिभिल बैंक र घलेम्दी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक ४.७८ प्रतिशत, नबिल ब्यालेन्स फण्ड ४.७८ प्रतिशत र बुद्धभूमि जलविद्युत्का लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् ।









