पिपुल्स हाइड्रोको आईपीओ बाँडफाँट
काठमाडौँ, ७, मंसिर । पिपुल्स हाइड्रोपावर लिमिटेडले कात्तिक २५ गते २९ गतेसम्मदेखि निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) आज दिउँसो बाँडफाँट भएको छ ।
बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ ५ लाख १५ हजार ७ सय ८८ जनाले १०–१० कित्ताका दरले पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट http://www.sanima.capital/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट https://peopleshydro.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।









