image
image

२५ लाखभन्दा बढी बीमाङ्कका बीमालेखमा इच्छाइएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य

काठमाडौँ, ८, मंसिर ।  पच्चीस लाख भन्दा बढी बीमाङ्कका बीमालेखमा इच्छाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य चाहिने भएको छ ।

नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई पच्चीस लाख भन्दा बढी बीमाङ्कका बीमालेख जारी गर्दा उक्त बीमालेखमा इच्छाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिन निर्देशन दिएको हो ।

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउने पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

बीमालेखमा हिताग्राही/मनोमानी उल्लेख गर्दा निजको पहिचान सम्बन्धी कागजात(नागरिकता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्ने व्यवस्था गर्न समेत प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई अनुरोध गरेको छ । यस्तै, बीमालेखमा हिताग्राही/मनोनित उल्लेख गर्दा उक्त व्यक्ति उच्च राजनैतिक व्यक्ति भए/नभएको एकीन गर्नुपर्ने प्राधिकरणले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।