image
image

पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

काठमाडौँ, ९, मंसिर । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बिहीबार नै ती कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो । 

ती कम्पनीहरूले ३ अर्ब ९८ करोड रुपैयाँ मूल्य बराबरका ३ करोड ९८ लाख कित्ता सेयर निष्काशन गर्न पाउने छन् । बोर्डले एसिएन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।

यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन्।

यस्तै माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन्। शुभम पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।