image
image

बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजनपछिको मूल्य कति ?

काठमाडौँ, ९, मंसिर ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन गरिएको छ। 

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१४.२५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २२७.१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको शेयर कारोबारमा आउनेछ।

बैंकले लाभांश, मर्जर प्रक्रियालगायतका अजेन्डा अनुमोदन गर्न आफ्नो २८ औँ वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ। 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) छन्। 

सभाले बोनस शेयर जारी भएपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोल सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। 

सोही सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्नेछ। 

सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

मर्जर प्रयोजनका लागि बैंक सेयर कारोबार गत असारबाट रोक्का रहेको छ। यसर्थ असार १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।