image
image

चार महिनामा साढे २३ करोडको विद्युतीय मिटर आयात

काठमाडौँ, ११, मंसिर । चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमा विदेशबाट साढे २३ करोड रूपैयाँ बराबरको विद्युतीय मिटर आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा २० लाख ६१ हजार वटा विद्युतीय मिटर आयात भएको हो ।

यसक्रममा आयातकर्ताले ५ करोड २५ लाख रूपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । नेपालमा विश्वका ६ वटा देशबाट विद्युतीय मिटर आयात हुने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनबाट आउने गरेको विभागले जनाएको छ ।

चीनबाट २१ करोड ८७ लाख रुपैयाँ बराबरको १ लाख ७४ हजार वटा विद्युतीय मिटर भित्रिएको छ । यस्तै, भारतबाट १ करोड रूपैयाँको थाइल्याण्डबाट १५ लाख ७४ हजार रूपैयाँको मिटर भित्रिएको विभागले जनाएको छ । यसैगरी, अमेरिकाबाट ४९ लाख ६५ हजार रूपैयाँको मिटर भित्रिएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।