image
image

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा, भोलिदेखि कारोबारमा

काठमाडौँ, ११, मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार आज आइतबार फुकुवा गरेको छ। 

नेप्सेले फुकुवा गरेसँगै अब भोलि सोमबारबाट सेञ्चुरी बैंकको शेयर कारोबार आउने भएको छ। 

प्रभु बैंक र सेञ्चुरी बैंकबीच गत साउन १५ गते मर्जरमा प्रारम्भिक सम्झौता भएको थियो। यो सम्झौतासँगै नेप्सेले सेञ्चुरी बैंकको शेयर कारोबार साउन १६ गतेबाट रोक्का राखेको थियो। 

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मर्जरसम्बन्धी निर्देशका लागू गर्दै अब मर्जर प्रयोजनका लागि अब एकीकृत कारोबार सुरु भएपछि मात्रै बढीमा १५ दिन शेयर कारोबार रोक्का राख्न पाउने व्यवस्था गरेको छ। निर्देशिका लागू हुनुअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको शेयर सम्बन्धित निकायको सिफारिसमा नेप्सेले तत्काल खोल्नुपर्ने व्यवस्था गर्न पनि निर्देशिकामा गरिएको छ। 

सोही निर्देशिकाबमोजिम नेप्सेको आजको निर्णयले सञ्चुरी बैंकको आधारभूत शेयरधनीबाहेकका अन्य शेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो। 

मर्जर प्रयोजनका लागि यसअघि रोक्का रहेको कुमारी बैंक, सिभिल बैंक, मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक तथा आएमडीसी र साना किसान विकास लघुवित्तको शेयर कारोबार फुकुवा भइसकेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।