image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १२, मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ २४ पैसा र बिक्रीदर १२४ रूपैयाँ ८४ पैसा पुगेको छ। केही समय यता डलरको भाउ बढिरहेको छ।

गत शुक्रबार डलर एकको खरिददर १२४ रूपैयाँ १३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ७३ पैसा कामय भएको थियो। विश्व बजारमा डलरको माग बढेसँगै अमेरिकी डलरको भाउ पनि बढ्दो छ।

आइतबार युरोपियन युरो एकको खरिदमा १३१ रूपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रूपैयाँ १२ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ९४ पैसा कायम गरिएको छ। 

आज कतारी रियाल एकको खरिदमा ३४ रूपैयाँ ०२ पैसा र बिक्रीमा ३४ रूपैयाँ १९ पैसा पाइन्छ। राष्ट्र बैंकले आइतबारको लागि युएई दिराम एकको खरिददर ३३ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३३ रूपैयाँ ९९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २२ पैसा र बिक्रीमा २८ रूपैयाँ ३६ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिददर ४०५ रूपैयाँ १० पैसा र बिक्रीदर ४०७ रूपैयाँ ०६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३२९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३३१ रूपैयाँ १८ पैसा तोकिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।