image
image

बैंकिङ प्रणालीमा बढ्दै निक्षेप

काठमाडौँ, १२, मंसिर । एक साताको अवधिमा बैैंकिङ प्रणालीमा निक्षेप बढुनुका साथै कर्जा प्रवाह पनि केही बढेका छ ।

लामो समयदेखि कर्जा लगानी सुस्त रहेको भएपनि गत साता भने केही बढेको छ । ३ अर्ब ७० करोड रुपैयाँ निक्षेप थपिँदा २६ वटा बैंकले २ अर्ब १९ करोड रुपैयाँले कर्जा प्रवाह बढाएका छन् ।

मंसिर २ गतेसम्म ४५ खर्ब ५७ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेकामा ९ गतेसम्म आइपुग्दा ३ अर्ब ७० करोड रुपैयाँले बढेर ४५ खर्ब ६१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

यस्तै धेरै समय पछि प्रणालीबाट कर्जा प्रवाह पनि बढेको छ । मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ रहेकामा ९ गतेसम्म आइपुग्दा २ अर्ब १९ करोड रुपैयाँले बढेर ४२ खर्ब २१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

करिब १ महिनापछि प्रणालीबाट जाने कर्जा बढेको छ । मंसिर ९ गतेसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.८६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।