image
image

स्प्रेड दर ४ प्रतिशतमा झर्यो, बैंकहरुको कर्जाको ब्याजदर घट्ने

काठमाडौँ, १२, मंसिर । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको स्प्रेड दर घटाएर ४ प्रतिशतमा झारेको छ।

केन्द्रिय बैंकले आइतबार मौद्रिक नीतिको पहिला त्रैमासिक समिक्षा गर्दै स्प्रेड दर घटाउने निर्णय गरेको हो।

"वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ" राष्ट्र बैंकले गरेको समिक्षामा भनिएको छ। 

स्प्रेड दर घट्दा बैंकहरुको कर्जामा लिने प्रिमियम दर पनि घट्ने छ जसले गर्दा बैंकहरुको कर्जाको ब्याजदर समेत घट्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।