image
image

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकममा भने गिरावट

काठमाडौँ, १३, मंसिर । साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १५.६१ अंक घटेर बन्द भएको नेप्से, आज २.९९ अंक बढेर १९५३.३५ विन्दुमा पुगेको छ।

नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब डेढ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २३४ स्टकको १८ हजार ३६ पटकको कारोबारमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरको २५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ। त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईसी एशिया सेलेक्ट फण्ड ३०, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र खप्तड लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ४.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर खरिबबिक्री भएको छ।

मंगलबार १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.७९ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।