image
image

कालिञ्चोक दर्शनको आईपीओ भोलिदेखि बिक्रीमा, क कसले दिन पाउछन् आवेदन ?

काठमाडौँ, १४, मंसिर ।कालिञ्चोक दर्शनले भोलि (मंसिर) देखि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याएसँगै कालिञ्चोक दर्शन लिमिटेडले आइपीओमा आरक्षण छुट्याएको हो ।कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

लगानीकर्ताले कम्पनीको आइपीओमा मंसिर २८ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले विक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय, मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।