image
image

१ अर्ब ५३ करोड बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ, १४, मंसिर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ५३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले बैंकका विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ र फाइनान्समा ७ करोड ६५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि मंसिर १८ गते राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ।

यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।