image
image

अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट

काठमाडौँ, १५, मंसिर । पछिल्ला केही दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (पेट्रोल तथा डिजेल) को मूल्यमा भारी गिरावट आएको छ ।

नेपालले पेट्रोलियम पदार्थको आयात गर्ने छिमेकी मुलक भारतमा बुधबार कच्चा तेलको मूल्य ८१ अमेरिकी डलर प्रति बेरलभन्दा कम भएको छ । यो मूल्य गत जनवरी यताकै सबैभन्दा सस्तो हो । अमेरिकी कच्चा पेट्रोलियम पदार्थको मूल्य पनि बुधबार ७४ अमेरिकी डलर प्रति बेरलको नजिक पुगेको छ ।

भारतमा कच्चा पेट्रोलियम पदार्थको आयात गरेर प्रशोधन गरि बेच्ने कम्पनीहरुलाई हाल प्रति बेरलमा २४५ भारुको बचत भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा पेट्रोलियम पदार्थको मूल्यका कारण त्यहाँ पेट्रोल तथा डिजेलको मूल्यमा १४ भारुसम्म कमी आउन सक्ने देखिएको छ ।

पछिल्ला ८ महिनाहरुमा कच्चा पेट्रोलियम पदार्थको मूल्य २७ प्रतिशतसम्म कम भएको छ ।

कच्चा तेलको मूल्यमा कमि आउनुको कारण भने चीनमा भइरहेको सत्ता बिरोधी प्रदर्शन, प्रतिबन्धपछि पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा रुसको प्रवेश र व्याजदर बढेपछि वैश्विक अर्थव्यवस्थामा भइरहेको सुस्ततालाई देखाइएको छ ।

भारतमा गत मार्चमा प्रति बेरल कच्चा तेलको मूल्य औसतमा ११२.८ अमेरिकी डलर थियो । त्यसयताको आठ महिनामा कच्चा तेलको मूल्यमा ३१ अमेरिकी डलर (२७ प्रतिशत) कमि देखिएको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।