image
image

बढ्यो सुनको मुल्य, प्रतितोला कति ?

काठमाडौँ, १९, मंसिर । सुन–चाँदीको मूल्य लगातार उकालो छ ।  आज पाँचौँ दिन सुन–चाँदीको मूल्य बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुनको ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला सुन गोल्ड ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।